काठमाडौं । ज्योति विकास बैंकले आफ्नो १७औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०–८१ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्दै, लेखा परीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका वार्षिक वित्तीय विवरणहरू स्वीकृत गरेको छ ।
सभाले बैंकको संस्थापक शेयरधनी समूहबाट हरि चन्द्र खड्का, राम कुमार श्रेष्ठ र सन्तोष अधिकारी तथा सर्वसाधारण शेयरधनी समूहबाट ध्रुव कोइराला र नरेश राज आचार्यलाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सदस्यमा निर्विरोध निर्वाचित गरिएको छ ।
बैंकले आव २०८१-८२ को लेखापरिक्षणका लागि लेखापरीक्षक नियुक्त गर्ने र बैंकको सहायक कम्पनी, ज्योति क्यापिटल लिमिटेडको आव २०८०-८१ को वित्तीय विवरण पारित गरेको छ। बैंकले १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै नेपालभर ग्राहक सेवा प्रदान गर्दै आइरहेको छ।
न्यूज समय
३ माघ, २०८१, बिहीबार ००:००