काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको कर्मक्युर होटेलको बुधबार उद्घाटन गरेका छन् ।
होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनीको मातहतमा नेपालमा पहिलो पटक कर्मक्युर होटेल सञ्चालामा आएको हो ।
ओलीले फ्रान्सेली पर्यटन नेपाल भ्रमण गराउन यस होटेलले योगदान दिने विश्वास व्यक्त गरे ।
उनले यस होटेलले नयाँ टेस्ट दिँदै यस व्यवसायलाई प्रोत्साहन दिने अपेक्षा गर्दै यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरण गर्ने जनाए ।
न्यूज समय
२ माघ, २०८१, बुधबार ००:००