फोनपेको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

न्यूज समय


काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार ललितपुरमा सम्पन्न भएको सभा सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०८०÷८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान, हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरण पारित गरेको छ ।

फोनपेका सेयरधनीलाई ०८१ असार मसान्तमा कायम रहेको चुक्ता पुँजीको १०.५३ प्रतिशत नगद लाभांश (करसमेतं वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

कम्पनीले लेखा परीक्षणका लागि एनबीएसएम एन्ड एसोसियटलाई नियुक्त गरेको छ ।