सरकारले यस वर्षको दसैंका लागि उपत्यकामा १ हजार ८०० खसीबोका तथा च्याङ्ग्रा भित्राउने
सरकाले यस बर्षको दसैँका लागि उपत्यकामा १ हजार ८०० वटा खसीबोका तथा च्याङ्ग्रा भित्राउने भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार दसैंमा मासुको अभाव हुन नदिन १ हजार ५०० वटा खसीबोका र ३०० वटा च्याङ्ग्रा भित्राउने तैयारी गरेको हो ।
हरेक बर्ष खुल्ला बजार मूल्य भन्दा सहुलियत मूल्यमा बिक्रि गर्दै आएको लिमिटेडले घटस्थापनाको अघिल्लो दिन देखि सर्वसाधारणका लागि खसीबोका बिक्रि खुल्ला गरिने गरी तैयारी भएको कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।
गत बर्ष ल्याईएका सम्पूर्ण खसीबोका तथा च्याङ्ग्रा बिक्रि नभएर घाटा भए पछि गत बर्षको तुलनामा यस वर्षको बजेट घटाईएको छ ।
यस वर्षका लागि कम्पनी लिमिटेडले खसीबोका र च्याङ्ग्रा खरिदका लागि झण्डै ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको पनि सूचना अधिकारी न्यौपाने सुवेदीले बताईन् ।
कम्पनी लिमिटेडले गत वर्ष ८ करोडको लागतमा २ हजार वटा खसीबोका र ५४२ वटा च्याङ्ग्रा काठमाडौ उपत्यकामा ल्याएको थियो ।