१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

बागमती प्रदेश सरकारको राजस्व सकलनमा बृद्धि

बागमती प्रेदश सरकारको यो आर्थिक बर्षमा ४ दशमलव ७२ प्रतिशतले राजस्व संकलनमा बृद्धि भएको छ ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका तथ्याङ्क अनुसार यो आर्थिक बर्षमा एक अर्ब १५ करोडभन्दा बढी राजस्व संकलन भएको छ ।

आर्थिक वर्ष ०७९/८० मा २४ अर्ब ३५ करोड ४२ लाख राजस्व संकलन गरेको बागमती प्रदेश सरकारले आर्थिक वर्ष ०८०/८१ मा २५ अर्ब ५० करोड ४२ लाख संकलन गरेको मन्त्रलयले जनाएको छ ।

बागमती प्रदेश सरकार अन्तरगत कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख हरि प्रसाद उपाध्यायले लक्ष्य अनुसार नै राजस्व संकलन भएको जानकारी दिए ।

आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा सोचे जस्तो राजस्व सङ्कलन नभएता पनि तुलनात्मक रुपमा गत आर्थिक वर्ष भन्दा ४ दशमलव ७२ प्रतिशत बृद्धि हुनुभनेको सन्तोषजनक नै रहेको उपाध्यायले बताए ।

विशेषत प्रेदशमा घरजग्गा रजिष्ट्रेशन ‘मालपोत’ र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको रुपमा कुन्दनराज काफ्लेले जिम्मेवारी सम्हालेपछि प्रदेशको अर्थतन्त्र थप सकारात्मक रुपमा चलायमान भएको उपाध्यायको भनाई छ ।
मन्त्रालयको तथ्याङ्क अनुसार दुवै शीर्षकबाट आर्थिक वर्ष २०८०/८१ मा रु १४ अर्ब राजस्व सङ्कलन हुने अनुमान गरिएकामा रु ११ अर्ब ६० करोड ७६ लाख ५० हजार मात्र राजस्व सङ्कलन भएको जनाएको छ ।

त्यस्तै, घरजग्गा रजिष्ट्रेशन शीर्षकबाट रु ६ अर्ब ७५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा त्यसको करिब ८१ दशमलव ३२ प्रतिशत अर्थात् रु पाँच अर्ब ४८ करोड ९३ लाख ३८ हजार राजस्व सङ्कलन भएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*