६ जेष्ठ २०८१, आईतवार  |  19 May 2024,Sunday
Ad

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव गैरेलाई सेवाबाट हटाईयो

मन्त्री परिषदको बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. कमलराज गैरेलाई सेवाबाट हटाउने निर्णय गरेको छ ।
क.स.नं. १५३३०६० भएका गैरेले बिदा स्वीकृत नगराई गएको २०८० वैशाख २ गतेदेखि लगातार अनुपस्थित भए पछि मन्त्री परिषदले उनलाई हटाउने निणर्य गरेको हो ।
उनलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड (छ) बमोजिमको कसुरमा सोही ऐन दफा ५९ को खण्ड (ख) को देहाय (१) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी निजामती सेवा नियमावली, २०५० को नियम ११२ को उपनियम (३) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम हटाउने निर्णय गरेको मन्त्रालयले स्रोतले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*