विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्रीको स्पष्टीकरण

न्यूज समय

गत सोमबार एक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको संसदमा स्पष्टीकरण दिने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाले सरदार प्रितम सिंहको जीवनमा आधारित पुस्तक विमोचनका क्रममा दिएको भाषणप्रत्ति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायत प्रतिपक्षीले सदनको कारबाहीमा अवरोध गर्दै आएका थिए ।

प्रधानमन्त्रीले आइतबार सिंहदरबारमा केपी ओली, शेरबहादुर देउवाबीच छलफल गरेर आफ्नो अभिव्यक्तिप्रति संसदमा स्पष्टीकरण दिने बताएका थिए । प्रधानमन्त्रीको स्पष्टीकरण सुन्न एमाले पनि तयार भएको छ । तर आत्मालोचनासहित संसदलाई आश्वस्त नपारे सदन अवरुद्ध हुनसक्ने एमाले संसदले बताएका छन्

देशबासीसमक्ष आफ्नो अभिव्यक्तिमा माफी माग्नुपर्ने अडान शीर्ष बैठकमा ओलीले राखेपछि प्रधानमन्त्रीले आफूले सदनमा स्पष्टीकरण दिने र आफ्नो भनाइको आशयसहित अभिव्यक्ति सच्याउने प्रतिबद्धता जनाएका थिए । एमालेले भने प्रधानमन्त्रीले सदनमा चित्तबुझ्दो प्रष्टीकरण नदिए सदन पुनः अवरोध गर्ने जनाएको छ ।