दशैंलाई मध्यनजर गर्दै उपत्यका बाहिर जाने यात्रुकालागि अग्रिम टिक बुकिङ खुला गरिएको छ ।
चाडवाडको बेला यात्रुलाई सहजताकालागि भन्दै आज आईतबार देखि लागुहुने गरी अग्रीम टिकट बुकिङ खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।
स्वाँरका अनुसार यस पटक धेरै सवारीसाधन ओहोरदोहोर हुने गन्तव्यका लागि अग्रिम बुकिङ गर्न छुट्टै टिकट काउन्टर खुला गरिएको छ ।
त्यस्तै अन्य गन्तव्यका लागि छिटै टिकट काउन्टर खुला गरिने समेत अध्यक्ष स्वाँरले जाकारी दिए ।
काठमाडौंको गंगबु बसपार्कबाट ७० जिल्लाका लागि यातायातको व्यावस्था रहदै आएकोमा यात्रुको चापलाई मध्यनजर गर्दै यात्रुहरुको लागि अग्रिम टिकट बुकिङ खुलाईएको हो ।
महासङ्घका अध्यक्ष स्वाँरका अनुसार नारायणीपारि पश्चिमतर्फका दार्चुलासम्मका र मध्यपश्चिमका सल्यान, रुकुम, प्युठान, बुटवल, अर्घाखाँची, रुकुम, रोल्पालगायत र पूर्वको ताप्लेजुङ, इलाम, काँकडभिट्टा, इटहरी, विराटनगर, उदयपुरलगायत स्थानका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।
अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कबाट ३२ वटा टिकट काउन्टरमार्फत कम्प्युटर प्रणालीका माध्यमबाट टिकट दिन सुरु गरिएको छ ।
त्यस्तै यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागको सहकार्यमा आइतबारदेखि राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
अग्रिम टिकट बुकिङको पहिलो दिन आज मात्रै भण्डै आठ हजार अग्रिम टिकट बुकिङ भएको ल्होत्से बहुउद्देश्यीय प्रालिका कर्मचारीहरुले बताएका छन् ।
न्यूज समय
२ आश्विन, २०७९, आईतबार ००:००