६ जेष्ठ २०८१, आईतवार  |  19 May 2024,Sunday
Ad

आर्थिक अवस्था सुध्रिने खालको नीति ल्याउन गभर्नरलाई प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई अहिलेको आर्थिक अवस्था सुध्रिने खालको नीति ल्याउन निर्देशन दिएका छन् ।
आसन्न मौद्रिक नीतिको विषयमा ब्रिफिङका क्रममा अर्थमन्त्रीको जिम्वेवारी समेत सम्हालिरहेका प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई त्यस्तो निर्देशन दिएका हुन् ।
त्यस अवसरमा प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई मौद्रिक नीति कहिले सम्म ल्याउने भन्ने प्रस्न समेत गरेको एक मन्त्रिले बताए ।
प्रधानमन्त्रीको उत्तरमा गभर्नर अधिकारीले आउँदो साता नीति ल्याउने बताएका थिए ।
ब्रिफिङमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडू, अर्थ सचिव मधु मरासिनी लगाएतका पदाधीकारीहरुको सहभागिता रहेको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*