सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौति

न्यूज समय

सरकारले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौति गर्ने निर्णय गरेको छ ।
पेट्रोलियम पदार्थको उच्च आयातका कारण सरकारको विदेशी मुद्रा सञ्चिती घट्दै गएर भुक्तानी सन्तुलन बिग्रिन थाले पछि सरकार यस्तो निर्णय लिन बाध्य भएको हो ।
गएको चैत्र ३० गते बसेको मन्त्री परिषद बैठकको निर्णय अर्थ मन्त्रालयले आज एक बिज्ञप्ती मार्फत चालु आर्थिक वर्षका लागि सरकारले इन्धन खर्च शीर्षकमा छुट्याइएको बजेट कटौती गर्ने निर्णय सार्वजनिक गरेको हो ।
तर बिज्ञप्तीमा विकास आयोजनाहरु, शान्ति सुरक्षा, अत्यावश्यक सेवा र आगामी स्थानीय तहको निर्वाचनका लागि भने यो निर्णय लागु नहुने पनि जनाईएको छ ।
आउँदो आषाढ मसान्त देखि लागु हुने यो कटौति छुट्टै ऐनबाट इन्धन सुविधा लिईरहेको पदाधिकारीहरु लाई पनि लागु हुने छ ।