प्रभु बैंकको १९ औं वार्षिक साधारण सभा पुस २६ गते
प्रभु बैंकले आउँदो पुस २६ गते १९ औं वार्षिक साधारण सभा गर्ने भएको छ ।
बैंकले सभामा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
बैंकले साधारणसभा प्रयोजनका लागि पुस १० देखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
पुस ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।