(कोभिड–१९) संक्रमणलाई मध्यनजर गर्दै नयाँ मिट मार्ट सञ्चालनमा

न्यूज समय

काठमाडौं । डि.के. फुड्स एण्ड मिट प्रोडक्ट्सले हालै नयाँ मिट मार्ट सञ्चालनमा ल्याएको छ ।
काठमाडौंको गुहेश्वरी ८ बागमती पुल नजिकमा सञ्चालनमा ल्याईएको मार्टले ग्रहकलाई शुद्ध मासु जन्य पदार्थको सेवा प्रदान गर्ने सञ्चालक दिलिप सोनकरले बताए ।
जथाभावी मासुको सेवनले कोभिड (१९) को संक्रमण बढ्न सक्ने भन्दै मानिसलाइ बिश्व स्वास्थ्य संगठनले सचेत गराई रहेको कुरालाई मध्यनजर गर्दै शुद्ध प्रशोधित एवं सुरक्षित प्याकेटबाट मासुजन्य पदार्थ बिक्रिवितरण गरिरहेको मार्टका सञ्चालक सोनकरको भनाई छ ।
सफा, शुद्ध मासु सेवन गर्ने नेपालीको चाहना अनुसार आफुहरुले मार्ट सेवा दिईरहेको र यसले नेपालीको मन जित्ने उनको दावि छ ।


निकट भविश्यमा ग्राहकको चाहानालाई मध्यनजर गर्दै अनलाई मार्फत अडर्र तथा होम डेलिभरी सहितको सेवाका लागि समेत तयारी गर्दै गरेको सोनकरले बताए ।