नेपाल बैंक लिमिटेडले ९० औं वार्षिकोत्सव भव्यताका साथ मनायो

न्यूज समय

नेपाल बैंक लिमिटेडले आफ्नो ९० औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । वार्षिक उत्सव समारोहलाई उद्घाटन गर्दै अर्थमन्त्री डा.स्वर्निम वाग्लेले डिजिटल बैंकिङ र साईवर सुरक्षा तथा तथ्याङ्क संरक्षणमा विशेष ध्यान दिन निर्देशन दिए ।

नेपालकै पहिलो बैंकका रुपमा स्थापिन यस बैंकले संस्थागत सुशासन र वित्तीय अनुशासन मार्फत जनविश्वास कायमगर्दै व्यवसायीक कार्यसम्पादनमा उच्च मापदण्ड कायम गर्न पनि वैंक सफल हुने अर्थमन्त्री वाग्लेले विश्वास व्यक्त गरे ।

त्यस अवसारमा अर्थमन्त्री वाग्लेले बैंकले सुरु गरेको Fone Loan, Buy Now Pay Later (BNPL) क्रेडिटकार्ड तथा Online Loan Application Portal को पनि शुभारम्भ समेत गरे ।

समारोहमा २५ वर्ष अटुट सेवा गर्ने ३ जना तथा २० वर्ष अटुट सेवा गर्ने १० जना बैंकका कर्मचारीहरुलाई दीर्घसेवा कदर स्वरुप पदक तथा प्रशंसापत्र प्रदान गरिएको छ । त्यस्तै प्रादेशिक तथा भौगोलिक वर्गगत रुपमा उत्कृष्ट उपलब्धी हासिल गर्ने १२ शाखाहरुलाई समेत पुरस्कृत गरिएको छ ।

बैंकका सञ्चालक समितिका सदस्य बद्रीखनालको अध्यक्षमा सम्पन्न समारोहमा बैंकका प्रमुखकार्यकारी अधिकृत श्री तिलक राज पाण्डेय, नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर दीर्घ बहादुर रावल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

वि.सं.१९९४ साल कार्तिक ३० गते स्थापना भएको यस बैंकले हाल सम्म देशभर २३० वटा शाखा २५० वटा एटिएमका साथै ५७ वटा एक्सटेन्सन काउन्टरको सञ्जालमार्फत २९ लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा पु¥याउँदै आएको छ ।