चाडवाडमा सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले उपत्यकामा ठुलो मात्रामा प्रहरी परिचालन गरेको छ ।
नागरिकलाई सुरक्षित र निधक्कसँग पर्व मनाउने वातावरण बनाउन प्रहरीले विशेष सुरक्षा योजना सहित उपत्यकामा तीन हजार ५०६ जना प्रहरी परिचालन गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिकस्थल, यातायात तथा नागरिकको बढी आवतजावत हुने क्षेत्रमा हुनसक्ने चोरी, लुटपाट, ठगीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न यो प्रहरी शक्ति परिचालन गरिएको हो ।
पहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार चाडपर्व लक्षित सुरक्षा व्यवस्थाअन्तर्गत परिचालन गरिएका प्रहरीमध्ये एक सय जना सादा पोसाकमा तथा सुरक्षा निगरानीका लागि सामुदायिक सेवा केन्द्र, ड्रोन क्यामेरा, सामाजिक सञ्जाल तथा तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिएको छ ।
साथै प्रहरी उपरिक्षक थापाले आफ्नो घर तथा सम्पत्तिको सुरक्षामा ध्यान दिन, अपरिचित व्यक्तिको गतिविधिप्रति सचेत रहन र शङ्कास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा तुरुन्त जानकारी गराउन समेत अनुरोध गरिएको बताए ।


न्यूज समय
२८ आश्विन, २०८३, बुधबार १३:२८