मनाङमा हिमपहिरो गयो, १० जना सम्पर्क विहिन

न्यूज समय

मनाङमा आईतबार विहान गएको हिम पहिरोमा परी १० जना सम्पर्क विहिन भएका छन् ।
त्याहाँको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा आज विहान झण्डै ९ बजेको आसपासमा एक्कासी हिमपहिरो गएको स्थानीयले बताएका छन ।

हिमाल आरोहनका लागि क्याम्प बनाउन गएको २८ जनाको टोलि पहिरोमा परेको स्थानीयले बताएको नार्पाभूमि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मिलन सारु मगरले जनकारी दिए ।

२८ जना मध्य १० जना सम्पर्क विहिन भएको र उनिहरु सवै नेपाली भएको स्थानीयले बताएको खवर पाएको पनि अधिकृत मगरले बताए ।

झण्डै पाँचदिन अघि गएका उनिहरु सनिवार फर्कने तयारी गरे पनि अविरल बर्षाका कारण फर्कन कठिनाई भएको तथा नेट, बिजुली सवै अवरुद्ध भएकाले बस्तु स्थीतिका बारेमा थप विवरण आउन नसकेको पनि अधिकृत मगरले बताए ।

हिम पहिरो गएको घटना स्थल स्थानीय बस्ती देखि झण्डै २ घन्टा माथी रहेको बताईएको छ ।
जिल्ला प्रशासनबाट दुई पट हेलिकप्टरले उद्धार गरेको भए पनि थप उद्धारकालागि मौषमको खराबिका कारण जान नसकिएको आफुले खवर पाएको मगको भनाई थियो ।