भोटेकोशी बाढी पिडितकालागि जापानको फुकुओकामा रहेको एक कलेजद्वारा ९ लाख आर्थिक सहयोग

न्यूज समय

रसुवाको भोटेकोशी बाढी पिडितका लागि जापानमा रहेको एक कलेजले ९ लाख १ हजार ६५ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

त्यहाँको फुकुओका, तोसु स्थित CODO International College ले बाढी प्रभावितका लागि राहत तथा उद्धार गर्र्न उक्त आर्थिक सहायता संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको त्यसै कलेजमा अध्यनरत नेपाली विद्यार्थी कुशल डोटेलले बताए ।

डोटेलका अनुसार कलेजका प्रिन्सिपल Yamamoto Ho, नेपाली विद्यार्थी, शिक्षक, कर्मचारी लगायत सम्पूर्ण कलेज परिवार बाट उक्त आर्थिक सहयोग रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गराईएको हो ।

सात समुद्रपारी रहेर पनि मातृभूमिमा परेको विपत्तिको पीडालाई आफ्नै पीडाका रूपमा आत्मसात् गर्दै छोटो अवधिमै यति महत्वपूर्ण सहयोग जुटाउनु मानवीय संवेदना, सामाजिक उत्तरदायित्व भएको पनि नेपाली विद्यार्थी कुशल डोटेलको भनाई थियो ।