राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

न्यूज समय

सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न परमादेश जारी गरेको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले बिहीबार दाहाललाई तारेखमा राखेर अनुसन्धान गर्न भनी नेपाल प्रहरी प्रधान कार्यालय र साइबर ब्युरो भोटाहिटीको नाममा परमादेश जारी गरेको हो ।

यसअघि दाहाललाई पक्राउ गर्नुपर्ने आधार र कारण सहित लिखित जवाफ पेस गर्न प्रहरीका नाममा आदेश दिएको सर्वोच्चले आज त्यस्तो परमादेश दिएको हो ।

आइतबार मोरङको बेलबारीबाट पक्राउ परेका दाहाललाई भूराजनीतिक र उच्च राजनीतिक व्यक्तिहरूको बारेमा भ्रामक प्रचार गरेको कसुरमा प्रहरीले नियन्त्रणमा दिएको थियो ।

दाहाल केही समय यता राष्ट्रिय तथा अन्तराष्ट्रि स्रोतको हवाला दिदै सामाजिक सञ्जालमा नेपाली तथा अन्तराष्ट्रिय राजनीतिको बिश्लेषण गर्दै आएका थिए ।