नेपाल बैंक लि.का कर्मचारीहरुले रसुवाको भोटेकोशी बाढी पिडितकालागि ८४ लाख २० हजार ८९८ रुपैया ९३ पैसा आर्थिक सहायता गरेका छन् ।
बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको तलव पारिश्रमिकबाट योगदान स्वरुप कट्टा गरी संकलन गरिएको उक्त रकम मंगलबार प्रधानमन्त्री देवि उद्धार राहत कोषमा जम्मा गराईएको हो ।
नेपाल सरकारको सचिव स्तरिय बैठकबाट बाढी प्रभावित नागरिकहरुको राहत, उद्धार तथा पुनस्थापनाकालागि सवै सार्वजनिक निकायका कर्मचारी समेतलाई तलव पारिश्रमिक प्रधानमन्त्री देवि उद्धार कोषमा योगदान गर्न आव्हान गरे अनुसार बैंकका कर्मचारीले उक्त रकम योगदान गरेको बैंक कि सूचना अधिकारी प्रतिभा डंगोलद्वारा हस्ताक्षरित जारी बिज्ञप्तीमा उल्लेख छ ।
यस अघि भाद्र ११ गते बैंकले प्रकृतिक विपद् घटनाबाट प्रभावित नागरिकलाई सहयोग स्वरुप दैनिक उपभोग्य खाद्य समाग्री तथा अत्यावश्यक अन्य सामाग्री सहित ३ करोड एकलाख रुपैंया प्रधानमन्त्री दैवि उद्धार राहत कोषमा जम्मा गराई सकेको छ ।


न्यूज समय
७ आश्विन, २०८३, बुधबार १७:४१