जलवायु संकटबाटभएको क्षतिको जिम्मेवारी बढी प्रदूषण गर्ने र बढी नाफा कमाउनेले लिनुपर्छ : महासचिव गुटेरस

न्यूज समय

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले तीन वर्षअघि नेपालको हिमाली क्षेत्रमा हिमनदी तीव्र गतिमा पग्लिने क्रममा रहेको चेतावनी दिएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उद्घाटन सत्रमा बोल्दै गुटेरसले आफुले तीन वर्ष अघि यस बारे जानकारी दिए पनि आफ्नो भनाईलाई व्यवास्ता गरिएका कारण अहिले दुःखद् घटनाहरू देखा पर्न थालेको बताए ।

आफ्नो भनाईलाई खतराको बढाइचढाइ गरिएको भन्दै बेवास्ता गरे पनि प्रभावहरू धेरैले अनुमान गरेभन्दा चाँडो आइरहेका छन् तथा अझ गम्भीर हुँदै गएका छन् र अझ व्यापक रूपमा फैलिरहेको तर्फ उनले संकेत गरे ।

अहिले विश्व १.५ डिग्री सेल्सियसको तापक्रम वृद्धिको सीमा नाघ्ने लगभग निश्चित अवस्थाको सामना गरिरहेको भन्दै गुटेरसले जलवायु संकटबाटभएको क्षतिको जिम्मेवारी बढी प्रदूषण गर्ने र त्यसबाट बढी नाफा कमाउनेहरूले लिनुपर्ने बताए ।

विकसित देशहरूले आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्ने, अनुकूलन वित्त तीन गुणा बढाउनुपर्ने र हानि तथा क्षति कोषलाई पर्याप्त स्तरमा सञ्चालन गर्नुपर्नेमा समेत सहासचिव गुटेरसले जोड दिए ।

महासभामा नेपालको तर्फबाट सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हिजै एउटा टोली त्यहाँ पुगेको छ । प्रधानमन्त्री शाहले महासभामा भोटेकोशीमा आएको बाढी र त्यसले पुर्याएको धन जनको ठुलो क्षति र अपेक्षाका बारेमा आफ्ना भनाई राख्ने कार्यक्रम रहेको छ ।