जापानमा जारी २० औँ एसियाली खेलकुद प्रतियोगितामा तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन् ।
जापानको टोयाहाशी जिम्नेसियममा आज भएको कराते खेलमा तेन्जिङले पुरुष कुमिते ८४ केजी भन्दा माथिको तौल समूहमा कास्य पदकका प्राप्त गर्न सफल भएका हुन् ।
उनले लाओसका खेलाडी वाथाना जायासनलाई ९–१ ले पराजित गर्दै कास्य पदक जिते । त्यसअघि उनी सेमिफाइनल खेलमा इरानका खेलाडी महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए ।
शेर्पाले नेपालकालागि दिलाएको यो पदक २० औँ एसियाली खेलकुद अनन्तरगतको पहिलो पदक हो ।
यस अघि भएका विभिन्न स्पर्धामा प्रतिस्पर्धा नेपाली खेलाडीले कुनै पनि पदक जित्न सकेको थिएन ।


न्यूज समय
७ आश्विन, २०८३, बुधबार १३:३१