नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले नियुक्त भएको पहिलो पटक बर्तमान बजारको अवस्थाका बारेमा ग्याँस उद्योगीहरु संग छलफल गर्दै छन् ।
शुक्रबार (आज) वेलुकी ५ बजे बोलाईएको बैठकमा खाना पकाउने एलपी ग्याँसको अभाव, वितरण प्रणालीमा देखिएका समस्या र यसको सहज आपूर्तिको विषयमा छलफल हुने मन्त्रालय स्रोतले बतायो ।
ग्याँस नपाएर नागरिकहरूले लामो समय सम्म लाइनमा बस्नुपरेको र विभिन्न स्थानमा कालोबजारी समेत बढेको गुनासो बढेसँगै मन्त्री साहले तुरुन्तै ग्याँस उद्योगीहरुलाई छलफलमा बोलाएका हुन् ।
नेपाल एलपी ग्याँस उद्योग सङ्घका अध्यक्ष दिवानबहादुर चन्दले नवनियुक्त मन्त्रीले आफुहरुलाई ग्याँस अभाव र सहज वितरण लगाएतका विषयमा छलफल गर्न वोलाएको पुष्टि गरे ।
प्रयाप्त ग्याँस बजारमा पठाईरहेको भए पनि उपकोक्ताहरु लाईनमा बसेर ग्याँस नपाईरहेको र कालो बजारी भईरहेको भन्ने गुनासोका आधारमा निर्वतमान मन्त्री गौरी कुमारी यादवले नेपाल आयल निगम तथा ग्याँस उद्योगीहरु संग बुधबार छलफल गरेकी थिईन् ।
छलफलका समायमा मन्त्री यादवले दिएका केही अभिव्यक्ति उत्तेजनात्मक भएको भन्दै विरोध भए पछि मन्त्री यादवले विहिबार पदवाट राजीनमा दिएकी थिईन् । मन्त्रीको राजीनमा पछि हिजै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपककुमार साह नियुक्त भएका हुन् । नवनियुक्त मन्त्रीले बजारमा ग्याँस अभावका बारेमा मन्त्री नियुक्त भए लगत्तै चासो देखाएका हुन् ।


न्यूज समय
२६ भदौ, २०८३, शुक्रबार १४:३६