उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले दिईन राजीनामा

न्यूज समय

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मन्त्री यादवले आज (बिहिबार) पधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी हुन् ।

केही समय यता बजारमा खाना पकाउने ग्याँस अभाव भएको भन्दै मन्त्री यादव र सरकारको विरोध हुँदै आएको थियो ।

मन्त्री यादवले उद्योग समितिको बुधबारको बैठकमा उद्योगीलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन भन्ने कडा अभिव्यक्ति दिए पछि यादवको थप आलोलना भएको थियो ।