संयुक्त राज्य अमेरिकी मानवीय संस्था सामरिटन्स पर्सबाट भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई प्रदान गरेको सहयोग काठमाडौं आईपुगको छ ।
बाढी प्रभावित क्षेत्रकालागि आपत्कालीन समयमा प्रयोग गर्ने तथा राहतका ४० टन सामाग्री काठमाडौं आईपुगेको स्रोतले बतायो ।
बाढी प्रभावित क्षेत्रमा स्थानीयस्तरमा कार्यरत संस्थामार्फत दुई हजार ६०० परिवारलाइ सहयोग स्वरुप पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ किट तथा सौर्य बत्तीलगायतका उक्त सामग्रीमा उपलब्ध गराइने अमेरिकी दूतावासले जनाएको छ ।
दूतावासले नेपालको आवश्यकताअनुरूप जीवनरक्षक सहायता उपलब्ध गराउन नेपाल सरकार तथा विभिन्न साझेदारसँग समन्वय गरिरहेको पनि जनाएको छ ।


न्यूज समय
१७ भाद्र, २०८३, बुधबार ००:००