मुख्य सचिवमा गोविन्द बहादुर कार्की नियुक्त

न्यूज समय

सरकारले मुख्य सचिवमा गोविन्द बहादुर कार्कीलाई नियुक्त गरेको छ ।

बुधबार (आज) बसेको मन्त्रीपरिषदको बैडकले कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री अस्मित पोख्रेलले बताए ।

हालका २९ औं मुख्य सचिव सुमनराज अर्याल यही आषढ २६ गते शुक्रबार अनिवार्य अवकासमा जाने भए पछि आज प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको मन्त्री परिषदको बैठकले कार्कीलाई ३० मुख्य सचिवका रुपमा नियुक्त गरेको हो ।

यस अघि मुख्य सचिव नियुक्तीका लागि मन्त्री तथा राजनीतिक पावर सेन्टरमा धाउने चलनलाई चिर्दै सरकारले निश्पक्ष रुपमा मुख्य सचिव चयन गर्ने अनुमान गरिएको थियो ।

यस पटक प्रतिशप्रर्धामा रहेका सचिवहरु समेत भनसुन र पावर सेन्टरमा धाउन डराएका कारण निश्पक्ष रुपमा मुख्य सचिव छनिने धेरैको अनुमान थियो ।

कार्की प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा कार्यरत थिए ।