आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेस नगरेका २३ वटा स्थानीय तहसँग स्पष्टीकरण सोधिएको छ ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेस नगर्ने विभिन्न पालिकालाई तीन दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण पेश गर्न भनेको हो ।
स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट १० असारभित्र कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेस गर्नुपर्ने तथा असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्थालाई व्यवास्ता गरेको पाईएकोले त्यस्ता पालिकाहरुलाई तीन दिन भित्र कारण पेश गर्न पत्राचार गरिएको स्रोतले बतायोे ।
मन्त्रालयले कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न पहल स्वरुप यस्तो निर्देशन दिईएको पनि बताईएको छ ।


न्यूज समय
१७ असार, २०८३, बुधबार ००:००