महोत्तरीबाट एक क्वीन्टल बढी अवैध गाँजा सहित एक भारतीय कार प्रहरी नियन्त्रणमा

न्यूज समय

प्रहरीले महोत्तरीको रामगोपालपुरबाट एक क्वीन्टल बढी अवैध गाँजा सहित एक भारतीय कार नियन्त्रणमा लिएको छ ।

रामगोपालपुर नगरपालिका–८ बाट नेपाल प्रहरीको टोलिले १०९ किलोग्राम गाँजासहित डिएल १ सीओ ५८६९ नम्बरको एक भारतीय कारलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एवं प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार नगरपालिकाको सहसौला चोक नजिकबाटै २० वटा पोकामा लुकाएर भारततिर लैजाँदै गरको अवस्थामा उक्त कारलाई नियन्त्रणमा लिएको हो ।

राति झण्डै ११ बजे पूर्वपश्चिम लोकमार्ग हुँदै भारततर्फ गाँजा लैजाँदै गरेको गोप्य सूचनाको आधारमा लागु औषध ब्युरो र ईलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरी टोलीले गाँजासहितको कार नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

कार पक्राउ गरए पनि चालक भने फरार रहेको र नियन्त्रणमा लिएको कारको बारेमा आवश्यक छानविन अगाडि बढाइएको प्रहरी उपरीक्षक शर्माले बताए ।