मोटरसाइकल दुर्घटना परी दाङमा दुई जनाको ज्यान गएको छ । घोराही तुल्सीपुर सडक खण्ड अन्तरगत घोराही उपमहानगरपालिका–१६ सेवाखोलामा भएको दुर्घटनामा रोल्पा त्रिवेणी गाउँपालिका–७ का २८ वर्षीय ज्ञानेन्द्र बुढाथोकी र सोही मोटरसाइकलमा पछाडि सवार तुलसीपुर उपमहानगरपालिका–१७ झिँगैका ३९ वर्षीय कमल वलीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आज बिहान घोराहीबाट तुलसीपुर जाँदै गरेको लुप्र ०२–००१ प ११०२ मोटरसाइकल अनियन्त्रित भएर सेवाखोलामा निर्माणाधीन पुलबाट तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी घाईते उनिहरुलाई उद्दार गरी राप्ती स्वास्थ्य बिज्ञापन प्रतिष्ठान पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटना परेको स्थानमा लामो समय देखि बनिरहेको पुन समयमै नबनदा तथा बाटो अफ्ठेरो भएका कारण पटक पटक दुर्घटना हुने गरेको स्थानीयले गुनासो गरेका छन् ।


न्यूज समय
२६ माघ, २०८२, सोमबार ००:००