बैतडीमा १३ जनाको ज्यान जाने गरी भएको बस दुर्घटना प्रति काँग्रेस सभापति थापाद्वारा दुःख व्यक्त

न्यूज समय

बैतडीको पुर्चौंडी नगरपालिकामा १३ जनाको ज्यान जाने गरी भएको बस दुर्घटना प्रति नेपाली काँग्रेसका सभापति गगन थापाले दुःख व्यक्त गरेका छन् ।

सभापति थापाले शुक्रबार एक शोक विज्ञप्ति प्रकाशित गर्दै दुर्घटनाको खवरले आफुलाई मर्माहत तुल्याएको बताएकाम छन् ।
यो पीडादायी घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना र शोकाकूल परिवारजनमा पार्टी तथा आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना व्यक्त गरेका छन् ।

साथै सभापति थापाले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारको प्रबन्ध मिलाउन सरकारसँग आग्रह समेत गरेकाा छन् ।

बिहिबार साँझ जन्ती बोकेको बस नगरपालिको ७ भवनेबाट बझाङतर्फ गइरहेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौंडी–७ बडगाउँ मोडमा दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ भने ३४ जना घाइते भएका छन् ।

घाईतेहरुको डडेल्धुरा, बझाङ तथा घनगढीका बिभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।