१९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्गलादेश बीच प्रतिप्रर्धा हुँदै

न्यूज समय

पोखरामा जारी १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आज नेपाल र बङ्गलादेश बीच प्रतिशप्रर्धा हुँदै छ ।

पोखरा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा दिउँसो ३ः०० बजे देखि हुने लिगचरणको अन्तिम खेलमा नेपाल दवावमा हुनेछ । फाइनल प्रवेशको सम्भावना कायमै राख्नका लागि नेपाललाई जितको विकल्प छैन । खेलमा बङ्गलादेश प्रतियोगिताको अङ्क तालिकामा ६ अङ्क सहित शीर्ष स्थानमा छ ।

बङ्गलादेशले आफ्नो दुई खेल जित्दै फाइनलको नजिक पुगिसकेको छ भने नेपाल र भारतले समान एक÷एक खेल जितेर तीन अङ्क बनाएका छन् ।

प्रतिशप्रर्धामा भुटानले भने अहिलेसम्म एउटा पनि खेल जित्न नसकेका कारण उ अङ्क विहिन अवस्थामा छ ।

प्रतियोगीता अन्तरगत नेपाल पहिलो खेलमा भारतसँग १–० गोलले पराजित हुँदा दोस्रो खेलमा भने भुटानलाई २–१ गोल अन्तरले हराएको थियो ।
त्यस्तै बङ्गलादेशले भने पहिलो खेलमा भुटानलाई १२–० ले र भारतलाई २–० ले हराएको थियो ।

प्रतियोगिताको अङ्क तालिकामा शीर्ष दुईमा रहने टोलीका बीच फाइनल खेल यही माघ २४ गते सञ्चालन हुनेछ ।