त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सारका ३ जना कर्मचारी अख्तियारको फन्दामा

न्यूज समय

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सारका ३ जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

अख्तियारको नियन्त्रणमा हुनेहरुमा शाखा अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र निकिसी शाखाका नायब सुब्बा छविप्रसाद रिजाल रहेका छन् ।

उनिहरुलाई २ लाख ६८ हजार २८८ रूपैयाँ घुस लिएको आरोपमा आईतबार बेलुका अख्तियारको टोलिले नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपाले बताए ।

न्यौपानेका अनुसार टोलिले उनिहरुको साथबाट स्रोत नखुलेको रकम र २३ थान मोबाइल पनि नियन्त्रणमा लिइएको तथा उनिहरुबारे थप अनुसन्धान थालिएको पनि जनाईएको छ ।