भारतले आज ७७ औं गणतन्त्र दिवस भव्यताका साथ मनाउँदै छ । आजकै दिन सन् १९५० मा गणतान्त्रिक संविधान लागू भएको अवसरमा गणतन्त्र दिवस मनाउन लागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
गणतन्त्र दिवस समारोहको अवसरमा भारतले आफ्नो विकास यात्रा, सांस्कृतिक विविधता र सैन्य शक्ति सहितको सुसज्जित कला प्रदर्शन गर्न लागिएको छ ।
समारोहमा प्रदर्शन सैनिक परेडहरुमा हालै गठन भएका सैन्य इकाईहरूका साथै ‘अपरेशन सिन्दुर’ का दौरान तैनाथ प्रमुख हथियार प्रणालीहरूको मोडल पनि समावेश हुने गरी प्रदर्शन गर्न लागिएको पनि भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले समारोहको अगुवाइ गर्ने सो अवसरमा युरोपियन काउन्सिलका अध्यक्ष एन्टोनियो लुईस सान्तोस दा कोस्टा र युरोपियन कमीशनका अध्यक्ष उर्सुला वान डेर लेयेन दिवस समारोहको मुख्य अतिथि रहने कार्यक्रम पनि तय भएको बताईएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ७७ औं गणतन्त्र दिवसका अवसरमा सामाजिक सञ्जाल एक्समार्फत् देशवासीलाई बधाई दिएका छन् ।


न्यूज समय
१२ माघ, २०८२, सोमबार ००:००