काठमाडौं उपत्यकाका खोला किनारको मापदण्डविरुद्ध सरोकार समितिले आज पनि माइतीघरमा प्रदर्शन गरेको छ ।
जनतालाई उठिबास गर्ने गैर न्यायीक सडक तथा खोला मापदण्ड खारेज गर लगाएतका व्यानर तथा प्ले कार्ड बोकेर सरोकारवालाहरु सडकमा उत्रिएका छन् ।
सर्वोच्च अदालतले थप २० मिटर छाड्नुपर्ने भनी गरेको फैसला विरुद्ध पुनरावलोकनको माग गदै सरोकारवालाले प्रदर्शन गरेका हुन् ।
हाल कायम २० मिटर छाड्नुपर्ने मापदण्डमा थप २० मिटर पनि छाड्नुपर्ने भनेर सर्वोच्चले गरेको फैसलामा असहमति जनाउँदै सरोकार समितिले पटक–पटक आन्दोलन तथा प्रदर्शन गर्दै आएको छ ।
आन्दोलनरत पक्षले सर्वोच्चको फैसलालाई गैरन्यायिक र गैरसंवैधानिक भन्दै यो फैसला गर्ने न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्मालाई महाभियोग लगाउन समेत माग गर्दै आएको बताईएको छ ।
तत्कालीन कानून सचिव फणीन्द्र गौतमले सरकारका तर्फबाट फैसला कार्यान्वयन गर्न नसक्ने भन्दै पुनरावलोकनकालागि निवेदन दिएको पनि बताईएको छ ।


न्यूज समय
४ माघ, २०८२, आईतबार ००:००