सर्लाहीबाट नक्कली नेपाली नोट सहित एक जना पक्राउ

न्यूज समय

सर्लाहीबाट नक्कली नेपाली नोट सहित एक जना पक्राउ परेका छन् ।

त्यहाँको विष्णु गाउँपालिका ६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित एक जना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सर्लाहीकै कौडेना गाउँपालिका–५ छपकैयाका ३० वर्षीय फिरोज खान रहेको प्रहरीको भनाई छ ।
पक्राउ परेका खान अनटेष्ट लेखिएको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा खानतलासीका क्रममा उक्त थान नक्कली नोट सहित प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका खानका बारेमा थप अनुसन्धान थालिएको पनि प्रहरीले जनाएको छ ।