छोराको हत्याको अभियोगमा प्रहरीका असई पक्राउ

न्यूज समय

आफ्नै चार महिने छोराको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका असई पुष्कर कार्की पक्राउ परेका छन् ।

काठमाडौँको सिनामङ्गलमा आफ्नै चार महिने छोराको हत्या गरेर भागेका उनलाई नागढुङ्गाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

असई कार्कीले सिनामङ्गलस्थित आफ्नै कोठामा छोराको घाँटी थिचेर छोराको हत्या गरेको अनुमान गरिएको र थप अनुसन्धान थालिएको पनि प्रवक्ता एवं प्रहरी उपरीक्षक भट्टराईले बताए ।