राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको छ ।
आइतबार शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष बार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
नेपालको संविधानको धारा २९४ बमोजिम वार्षिक प्रतिवेदन बुझाउनुपर्ने व्यवस्थाअनुसार अध्यक्ष मगरले गत आ.व. बार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालय स्रोतले बतायो ।


न्यूज समय
२१ मंसिर, २०८२, आईतबार ००:००