काठमाडौं महानरपालिका–२९ अनामनगर स्थित धोबी खोलामा मृत भेटिएका व्यक्तिको सनाखत भएको छ ।
बिहीबार बिहान झण्डै ६ः५० बजे मृत अवस्थामा खोलामा भेटिएका व्यक्ति काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ घर भएका ५० वर्षीय ललित गिरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
साइकलसहित खोलामा मृत अवस्थामा भेटिए उनि शंखमुल बस्दै आएको बुझिएको छ । शवको श्रीमतीले खनाखत गरेको तथा घटनाका बारेम थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


न्यूज समय
१८ मंसिर, २०८२, बिहीबार ००:००