नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले सरकारले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढाएकोमा विरोध जनाएको छ ।
एशोसियसनद्वारा शुक्रबार जारी एक विज्ञप्ति मङ्सिर १० देखि लागू हुनेगरी वैदेशिक रोजगारमा जाने कामदारका लागि एकैपटक ठूलो भार पर्नेगरी स्वास्थ्य शुल्क बढाएको भन्दै विरोध जनाएको हो ।
सरकारले युएई मुलुकका हकमा रु. चार हजार ५ सय बाट दोब्बर बढाएर रु नौ हजार ५सय र अन्य मुलुकको हकमा रु. छ हजार ५सय बाट रु. नौ हजार ५ सय पु¥याएको छ ।
यस्तै, खाडी तथा मलेसिया जाने कामदारका लागि रु. १० हजार सेवा शुल्क तोकेको अवस्थामा स्वास्थ्य परीक्षण शुल्क नै नौ हजार ५ सय लिनु गम्भीर आपत्ति जनक भएको एशोसियसनका अध्यक्ष दीपक थापाले बताए ।
वैदेशिक रोजगारमा जाने गरिबी र विपन्न अवस्थाका कामदारमाथि निकै भार परेको भन्दै त्यसलाई तत्काल फिर्ता लिन पनि अध्यक्ष थापाले आग्रह गरे ।
गन्तव्य मुलुकले नेपालमा गरिने स्वास्थ्य परीक्षणको विश्वास नगरी आफ्नो मुलुकको मापदण्डअनुसार स्वास्थ्य परीक्षण गराउने गरेको अवस्थामा नेपालमा परीक्षणका लागि शुल्क बढाउनु नेपाली कामदारको हित विपरीत भएको पनि एशोसियसनको भनाई छ ।


न्यूज समय
१२ मंसिर, २०८२, शुक्रबार ००:००