त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज हुने खेलमा विराटनगर किङ्ग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।
अपराह्न ४ः०० बजे हुने खेलमा विराटनगर किङ्ग्स र चितवन राइनोज प्रतिशप्रर्धा गर्नेछन् ।
यस अघिका खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर तीन खेल जितेर अङ्कतालिकाको दोस्रो स्थानमा पुगेको छ ।
त्यस्तै कुशल मल्ल नेतृत्वको चितवन राइनोज दुई अङ्कका साथ अङ्कतालिकाको चौथो स्थानमा रहेको छ ।
राष्ट्रिय खेलाडीले नेतृत्व गरेका यी दुवै समुह वीचको खेल रोमाञ्च एवं तिव्र प्रतिशप्रर्धा हुने छ ।


न्यूज समय
१० मंसिर, २०८२, बुधबार ००:००