बङ्गलादेशकी ७८ बर्षीय अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाईएको छ ।
त्यहाँको एक विशेष अदालतले हसिनालाई सन् २०२४ को जुलाई–अगस्टको विद्यार्थी विद्रोहका क्रममा ‘मानवता विरुद्धका अपराध’ गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण–१ (आइसिटी–१) ले सोमबार दिउँसो सुनाएको फैसलामा हसिनासहित तीन जना शीर्ष राजनीतिक तथा सुरक्षा नेतृत्वलाई दोषी ठहर गरिएको छ ।
ढाका ट्रिब्युनका अनुसार न्यायाधिकरणले हसिनालाई मानवता विरुद्ध अपराधका पाँचवटै अभियोगमा दोषी ठहर गर्दै उनको आदेश, उक्साहट र नियन्त्रण असफलताले देशव्यापी हिंसा चर्किएको निष्कर्ष निकालेको छ ।
त्यस्तै अदालतले हसिना, पूर्व प्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल–मामुन र पूर्व गृहमन्त्री असदुज्जमान खान कमलले विद्यार्थी आन्दोलन दमनका लागि अत्याचारको योजना बनाएको पनि ठहर गरेको छ ।
सन् २०२४ अगस्ट ५ मा ढाकाको चन्खरपुल क्षेत्रमा प्रहरीले गोली चलाउँदा ६ विद्यार्थीको मृत्यु भएको र त्यसको प्रत्यक्ष जिम्मेवारी शीर्ष नेतृत्वमाथि परेको अदालतको निष्कर्ष छ ।
त्यस लगत्तै भागेर नयाँदिन्ली पुगेकी उनि हाल त्यही भारतमै बस्दै आईरहेकी छिन् ।


न्यूज समय
१ मंसिर, २०८२, सोमबार ००:००