सरकारले उपत्यकाका १९ स्थानमा निःशुल्क वाईफाई सेवा शुरु गर्यो

न्यूज समय

सरकारले काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध गराउने भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको मन्त्रीको पदभार ग्रहणका क्रममा आफ्नो पहिलो निर्णयमा हस्ताक्षर गर्दै दुई महिनाभित्र काठमाडौँ उपत्यकाका महत्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाइको पहुँच पुर्याउने निर्णय गरेको घोषणा अनुरुप उपत्यकाका महत्वपूर्ण विभिन्न १९ स्थानमा निःशुल्क वाइफाई जडान एवं विस्तार गर्न लागेको हो ।

मन्त्रालयका अनुसार सार्वजनिक स्थानहरु अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशिल, महत्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार गर्न लागिएको होे ।

यसअघि नै वाइफाइ इन्टरनेट सेवा उपलब्ध भएका स्थानमा मर्मतसम्भार, गुणस्तर वृद्धि र क्षमता विस्तार गरिएको छ भने तीन निर्माणाधीन सहित आठ स्थानमा नयाँ जडान गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौँको नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नयाँ स्थापना र क्षमता विस्तारसहित सञ्चालनमा निःशुल्क वाइफाइ सेवा उपलब्ध हुनेछ ।

त्यस्तै काठमाडौँको ठूलोभ¥याङ यातयात व्यवस्था कार्यालय र ललितपुरको एकान्तकुना स्थित यातायात व्यवस्था कार्यालयमा स्थापना र क्षमता अभिवृद्धिको काम भइरहेको छ भने भक्तपुरको राधेराधे स्थित यातायात व्यवस्था कार्यालयमा नयाँ स्थापनाको क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

त्यसकालागि सेवाप्रदायक कम्पनीसँग सम्झौता भइसकेको एवमं नेपाल टेलिकम, वल्र्डलिङ्क र भायनेट कम्पनीले निःशुल्क वाइफाइ इन्टरनेट स्थापनाका लागि सहकार्य गरेका छन् ।