उपल्लो डोल्पामा खाद्यान्न अभाव भएको छ । चाडवाड भित्रिएको बेला आद्यान्न अभाव हुँदा सर्वसाधारण चिन्तित बनेका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पा शाखाका प्रमुख विष्णु घिमिरेका अनुसार त्यहाँका तीन पालिका धो, सालदाङ र तिन्जेमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका बिक्री केन्द्रमा खाद्यान्न अभाव भएको बताए ।
घिमिरेले गत आर्थिक वर्षमा बाँडिएको चामल सकिएपछि नयाँ चामलका लागि ठेक्का नलागेकाले खाद्यान्न अभाव भएको बताए ।
मङ्सिर महिना भित्र खाद्यान्न ढुवानी नभए उपल्लो डोल्पामो खाद्यान्नको ठुलो सङ्कट निम्तिने शेफोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले बताए ।
शेफोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिका रहेको उपल्लो डोल्पामा हिंउदयामा हिंमपात हुने भएकोले चाँडै चामलको ढुवानी गरी स्थानीयलाई अभावबाट बचाउन पनि अध्यक्ष गुरुङले सम्वन्धीत निकाए संग आग्रह गरे ।
चीनसँग सिमाना जोडिएका यी पालिकामा खाद्यान्न ढुवानी गर्न समस्या हुँदै आएको छ ।
न्यूज समय
५ आश्विन, २०८२, आईतबार ००:००