सूचना सहितको मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छः प्रधानमन्त्री ओली

न्यूज समय

प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना सहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत रहेको बताएका छन् ।

स्वतन्त्रता र सूचनाको हक जस्ता हकका लागि आफु स्वयमं लडेर आएकोले संविधानमा हामीले जानी बुझीकन मौलिक हकहरुको व्यवस्था गरेकाले त्यसको कार्यान्वयन गर्नुपर्छ भन्नेमा अहिलेको सरकार स्पष्ट रहेको बताए ।

व्यक्तिका गोपनीयता र अनुसन्धानका क्रममा रहेका विषयमा पनि सूचना पाउनुपर्छ भनेर ढिपी गर्नु राम्रो नभएको भन्दै प्रधानमन्त्री ओलीले समाज र राज्यमा कतिपय विषय गोप्य राख्नु मुलुकका लागि फाईदा हुने बताए ।

सबैले आफ्नो अनुशासन र मर्यादामा रहँदै मौलिक हकको कार्यान्वयनमा लाग्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकार र सूचना आयोगबीच कुनै अधिकारको लडाइँ तथा तानातान नरहेकोले बताए ।

साथै मौलिक हकको कार्यान्वयनका क्रममा देखिएका समस्यालाई व्यवस्थापन गर्न पनि सरकार प्रतिवद्ध रहेको ओलीको भनाई थियो ।

उनले सामाजिक सञ्जाललाई दर्ता र करको नियमनमा ल्याउने तथा समाजलाई व्यवस्थित गर्नुपर्नेमा सरकार स्पष्ट रहेको पनि बताए ।
कार्यक्रममा सूचनाको हकका अभियन्ता, उत्कृष्ट सूचना अधिकारी, पत्रकार, कर्मचारी लगायतलाई पुरस्कृत गरिएको थियो ।