भदौको पहिलो साता आज सम्म नेपालमा झण्डै ९४.१५ प्रतिशत धान रोपाइँ भएको छ ।
कृषि विभाका अनुसार मुलुकभर करिब १४ लाख हेक्टर जमिन खेतीयोग्य रहेकोमा यो साता सम्म झण्डै १३ लाख हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।
गत बर्षको तुलनामा यो बर्षको अहिले सम्म झण्डै ५ प्रतिशतले रोपाइँ कम भएको विभागको भनाई छ । गत वर्ष यो अवधिमा ९८.४४ प्रतिशत धान रोपाइँ सम्पन्न भईसकेको थियो ।
मनसुन ढिला सक्रिय भएका कारण धान रोपाइँमा ढिला भएको कृषि विभागका महानिर्देशक प्रकाश सञ्जेलले बताए । महानिर्देशक जञ्जेलका अनुसार अन्नको भण्डार मानिने तराईमा यो बर्ष सवै भन्दा कम ८६.३५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
मनसुन ढिला, सिंचाईंको प्रयाप्त व्यवस्था नहुनु तथा तराईको जमिन मुनिबाट बोरिङ्ग मार्फत पानी निकाल्न कठिन भएकाले तराईमा रोपाइँ ढिला भएको हो ।
त्यस्तै सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९९.७२ रोपाइँ भएको छ । विभागको तथ्यांक अनुसार हालसम्म कर्णाली प्रदेशमा ९९.३४ प्रतिशत, लुम्बिनी प्रदेशमा ९८.०७ प्रतिशत, बागमती प्रदेशमा ९७.२७ प्रतिशत, गण्डकी प्रदेशमा ९४.८३ प्रतिशत र कोशी प्रदेशमा ९४.४२ प्रतिशत रोपाइँ भएको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा नेपालमा ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिकटन धान उत्पादन भएको थियो ।
यो बर्ष ढिला रोपाइँ सुरु भएकोले धान उत्पादन कम हुने पनि आँकलन गरिएको छ ।
न्यूज समय
२ भाद्र, २०८२, सोमबार ००:००