काठमाडौं महानगरपालिकाले उपत्यका भित्र खानेपानी सुद्धिकरण अभियानलाई तिव्रता दिएको छ ।
सुद्धिकरण अभियान अन्तर्गत महानगरपालिका भित्र मापदण्ड विपरीतका प्रशोधित पिउने पानीका २७१ जार नष्ट गरेको महानगरपालिकाले जनाएको छ ।
महानगरका अनुसार गत आसार र यही साउनमा मात्रै मापदण्ड विपरीत विक्रिवितरण हुँदै आएका ४५६ वटा खानेपानीका जार बरामद गरी नष्ट गरिएको छ ।
बर्खायाममा पानीजन्य रोगहरूको जोखिम न्यूनीकरण गर्न महानगरपालिकाले प्रशोधित पिउने पानीको अनुगमनको क्रममा उक्त जार नष्ट गरिएको हो ।
कृषि तथा पशुपक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेले पानीको गुणस्तर सुनिश्चित गर्न भौतिक तथा जैविक परीक्षणका लागि नमुनाहरू प्रयोगशालामा पठाइएको पनि बताए ।
न्यौपानेका अनुसार काठमाडौंको बल्खु, चाबहिल–चुच्चेपाटी, माछापोखरी–बालाजु, कोटेश्वर लगायतका क्षेत्रमा अनुगमनमा सक्रियता बढाएको छ ।
अनुगमनका क्रममा मापदण्ड विपरीतका जारहरू बिक्री–वितरण नगर्न, जारमा स्पष्ट लेबल राख्न, कम्पनीले जारी गरेको बिल–बिजक सवारी साधनमै लिएर हिँड्न निर्देशन दिईएको छ ।
पानी जिवन भएकोले पानीको सुद्धता र गुणस्तरमा संवेदनशील हुन पानी उत्पादक कम्पनीहरूलाई निर्देशन दिइएको विभागका प्रमुख न्यौपानले जानकारी दिए ।
न्यूज समय
२६ श्रावण, २०८२, सोमबार ००:००