रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले नेपालीहरूका लागि सन् २०२५ को इपिएस परीक्षा आवेदन खुलाएको छ ।
शाखाले सूचना प्रकाशित गर्दै यहि साउन २६ गते देखि ३१ गतेसम्म भर्ने गरी २०२५ का लागि पहिलो चरणको भाषा परिक्षाको आवेदन खुलाएको हो ।
शाखाका अनुसार पहिलो चरणको भाषा परीक्षामा अनुमानित उत्तीर्ण संख्या पाँच हजार ३०० हुनेछ । जसअन्तरर्गत उत्पादन मूलक क्षेत्रतर्फ ३५०० तथा कृषि पशुपालन क्षेत्रतर्फ एक हजार ८०० जनाकालागि हुने छ ।
यो संख्या तोकिए पनि कोरियामा कामदारको माग अनुसार उत्तीर्ण संख्या घटबढ हुन सक्ने समेत सूचनामा जनाईएको छ ।
सूचनामा एक जना व्यक्तिले एउटा क्षेत्रका लागि मात्रै आवेदन दिन पाउने उल्लेख छ ।
सूचनामा भाषा परीक्षा पास गरेर मात्रै कोरिया जानपाउने वा रोजगारीको सुनिश्चितता भने नहुने उल्लेख गरिएको छ ।
न्यूज समय
१९ श्रावण, २०८२, सोमबार ००:००