स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले नागरिकले उचित मुल्यमा औषधी प्राप्त गर्ने वातावरण बनाउन क्रियाशिल रहेको बताएका छन् ।
औषधीको मूल्यमा सुझाव दिन गठित समितिको प्रतिवेदन मङ्गलबार बुझ्दै मन्त्री प्रदीप पौडेले स्वास्थ्यमा सुधार गर्न खोजेको क्षेत्र औषधी पनि रहेकोले मूल्यमा आधार नबन्दा समस्या आएको बताए ।
प्रविधिले धेरै कुरा सस्तो पनि बनाएकाले त्यस आधारमा समयसापेक्ष मूल्य निर्धारण महत्त्वपूर्ण हुने भन्दै जनताले महँगो मूल्यमा औषधी किन्नु परिरहेको परिस्थितीको अन्त्य हुनेपर्ने धारणा राखे ।
मन्त्री पौडेलले लामो समयमसम्म औषधीको मूल्य गहिरोसँग अध्ययन नभएको र कतिपय औषधीको मूल्य समयअनुसार बढी भएको हुनसक्ने देखिएपछि समायोजनका लागि समिति गठन गरिएको पनि बताए ।
कार्यक्रममा मन्त्री पौडेललाई प्रतिवेदन बुझाउदै समितिका संयोजक डा. पोषराज पाण्डेले छिमेकको अवस्था हेरेर विज्ञ तथा सरोकारवालासँग परामर्शका आधारमा प्रतिवेदन तयार पारेको भन्दै मूल्य पारदर्शी र वैज्ञानिक होस् भन्नेमा जोड रहेको बताएका थिए ।
प्रतिवेदनमा समितिले मन्त्रालयलाई मूल्य समायोजनका लागि मूल्य हेर्ने एकाइ र निर्धारण समिति व्यवस्था गर्न सुझाव दिएको छ । त्यस्तै हरेक दुई वर्षमा मूल्य समायोजनका लागिे सुझाव पनि दिईएको छ ।
न्यूज समय
२७ जेष्ठ, २०८२, मंगलबार ००:००