बाजुराको जगन्नाथ गाउँपालिकामा भएको जिप दुर्घटना परि तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनमा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जिप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ निवासी २८ वर्षीय रवीन्द्र धामी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
मंगलबार विहान भएको दुर्घटनामा परि जिपमा सवार अन्य दुईजना घाइते भएका छन् । घाईतेहरुको आधारभूत अस्पताल कोल्टीमा उपचारका भइरहेको प्रहरीको भनाई छ ।
नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
न्यूज समय
१३ जेष्ठ, २०८२, मंगलबार ००:००