रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको ज्यान गयो

न्यूज समय

रोल्पाको थवाङ स्थित जलजलामा भएको जिप दुर्घटनामा १७ जनाको ज्यान गएको छ ।

रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप दिउँसो थवाङ गाउँपालिका–१मा भिरबाट झण्डै ८ सय मिटर तल खसेको थियो ।

मृतकको अझै सनाखत हुन नसकेको प्रहरीले बताएको छ । बलेरो जिपले जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जानलागेका यात्रुलाई बोकेको थियो ।