नेपाल उद्योग वाणिज्य महासंघले राजनीतिक दलका घोषणापत्रमा आर्थिक विषयले प्राथमिकता पाउनु पर्नेमा जोड दिएको छ ।
नेपाल आर्थिक पत्रकार संघले आईतबार आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ सम्बन्धी कार्यक्रममा महासंघले दलका घोषणापत्रमा आर्थिक विषयले प्राथमिकता पाउनु पर्ने बताएको हो ।
संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलका घोषणापत्रमा आर्थिक विषयले प्राथमिकता पाउन नसकेका थप्रै उदाहरण भएकाले त्यसमा दलको बिशेष ध्यान दिनुपर्नेम जोड दिए ।
अध्यक्ष ढकालले पत्रकार समक्ष बोल्दै राजनीतिक दलहरू आफ्नो एजेन्डाभन्दा पनि अन्य दललाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति मौलाएकामा चिन्ता समेत व्यक्त गरे ।
निजी क्षेत्रलाई राज्यले प्रोत्साहन र संरक्षण नगर्ने हो भने अर्थतन्त्र चलायमान हुन नसक्ने अध्यक्ष ढकालको धारणा थियो ।


न्यूज समय
१८ माघ, २०८२, आईतबार ००:००