नेपाली वजारमा सुनको मुल्य आज एकैदिन २ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २ हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको हो। मंगलबार तोलामा ४ सय रुपैयाँले घटेको थियो ।
यसअघि आइतबार १ हजार ९ सयले घटेको सुन सोमबार ७ सयले घटेको थियो। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुन ३ हजार ९०० रुपैयाँले घटेको थियो। चैत्र २१ गते एक तोला सुनको मूल्य १ लाख ८० हजार ३०० पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो।
ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्यमा आइतबारदेखि निरन्तर गिरावट आए पनि आज फेरि उकालो लागेको हो। सुनको भाउ बढेसँगै चाँदी पनि वृद्धि भएको छ। आज ५ रुपैयाँले बढेर प्रतितोला चाँदी १८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
न्यूज समय
२७ चैत्र, २०८१, बुधबार ००:००